स्थानीय तहमा झोले कार्यालयबाट सरकारी कामकाज

Doctor wear

जाजरकोट । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ ।


जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गर्दै आएको छ ।

नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन् । यहाँ तीन नगरपालिका र चार गाउँपालिका छन् । यी सातवटै स्थानीय तहको ७७ वटा वडामा २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालयमार्फत कामकाज धानिरहेका छन् ।

आर्थिक वर्षको शुरुसँगै गाउँमा कर्मचारी जाने, गाउँपालिका र नगरपालिकाबाट सबै सेवा प्रवाह हुने सोचेका स्थानीयवासी अहिलेसम्म गाउँबाट सेवा प्रवाह नहुँदा निराश छन् । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले गुनासो गरे ।

सरकारले यसै महिनाभित्र आगामी वर्षको बजेट पारित गर्न स्थानीय तहलाई निर्देशन दिए पनि अहिलेसम्म जनप्रतिनिधि गाउँ गएका छैनन् । यसअघि पनि करिब १५ वर्षदेखि तत्कालीन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गर्दै आएका थिए ।

भेरी नगरपालिकाबाहेक जिल्लाका अन्य ६ गाउँपालिकामा टेलिफोनका साथै बैकिङ सुविधा विस्तार हुनसकेको छैन भने छेडागाड र नलगाड नगरपालिका लगायतका कतिपय स्थानमा अझैसम्म पनि यातायातको सुविधा पुग्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...