बेपत्ता छोरा नभेटिएपछि बाबुले उनको अंश राज्यलाई सुम्पिए

Bepta xora

मुसिकोट । रुकुम नुवाकोटका बेपत्ता गंगाराम पुनका बाबु गोपे पुनले छोरा नभेटिएपछि उनको भागमा परेको अंश बापतको जग्गा राज्यलाई सुम्पिएका छन्।

बुधबार अन्तराष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा मुसिकोट खलंगाको बराहटाकुरामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै पुनले बेपत्ता छोराले पाउने अंश बापतको जग्गा राज्यलाई सुम्पिएका हुन् ।

‘छोरा आउने आशा मरिसकेको छ’, पुनले भने, ‘उसको भागमा परेको जग्गा राज्यलाई सुम्पिदिन्छु ।’ पुनले छोरा बेपत्ता भएपछि दिनरात सँधै अँध्यारो भएको भन्दै दुःख पोखे ।

उनले राज्यले आफ्नो छोरा घर फर्केर आउने वा नआउने कुरा तत्काल जवाफ दिनुपर्ने माग गरेका छन्।

कार्यक्रममा उपस्थित सबै बेपत्ता परिवारप्रति सम्मान व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले पीडा हुँदा हुँदै लामो समयसम्म धैर्यताका साथ बसेर अहिले राज्यलाई सहयोग गर्ने पुनको निर्णयको प्रशंसा गरे ।

अन्तराष्ट्रिय बेपत्ताविरुद्धको दिवसको कार्यक्रम स्थानीय शान्ति समितिको समन्वय र हरप्लेस रुकुमसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले आयोजना गरेको हो।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमला, नेपाल बार एसोसियसन रुकुमका अध्यक्ष एक्कबहादुर पाण्डे, रेडक्रकी प्रतिनिधि रमा गौतम, रामबहादुर केसीसँगै विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...