बाटो अवरुद्ध मुग्लिन–नारायणगढ सडक दश ठाउँमा पहिरो

Road 1

काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानीका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले गर्दा जुगेडीबाट मुग्लिनतर्फ गाडी पास गराइएको छैन भने काठमाडौंबाट जाने गाडी पनि मुग्लिनमा नै रोकिएको छ ।

यो सडकखण्डमा लामो जाम छ धेरै ठाउँमा पहिरो खसेकाले बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम भइरहे पनि, पानी परिरहेकाले कठिनाई भएको प्रहरीले जनाएको छ ।

यस्तै रातिको पानीले गर्दा झापालाई पूर्वी पहाडी जिल्लासँग जोड्ने मेची राजमार्ग पनि अवरुद्ध भएको छ । पहिरोले गर्दा रातको समयमा रोकिएका गाडी पनि चल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...