८ स्थानीय तह र ६४ वडाको समान विकासमा प्रतिबद्ध छु : गृहराज्यमन्त्री

Kushal

काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको ८ स्थानीय तह र ६४ वडाको समान विकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।

मन्थली नगरपालिका काठमाडौं जनसम्पर्क मञ्चद्धारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहराज्यमन्त्री श्रेष्ठले जिल्लाको विकासको लागि योजनाबद्ध रुपमा काम थालेको बताए ।

केही शक्तिहरु मेरो विरुमा हात धोएर लागेका छन’, गृह राज्यमन्त्री श्रेष्ठले भने मिडियामा मेरो विरुद्ध भ्रम सृजना गर्ने गरी समाचार आयो, मैले प्रयोग नै गरेको गाडी नम्बर हालेर आएको समाचारप्रति म पनि तीन छक परेको छु ।

उनले आफू सांसद हुँदादेखि नै जिल्लाको विकास निर्माणमा ध्यान दिएको बताउदै आफ्ना मन्त्रीको भूमिकामा पनि जिल्लाको विकासलाई ध्यान दिने बताए ।

उनले गृह प्रशासनमा भएको कमिकमजोरी सुधारको लागि सरकारले काम थालेको बताउँदै विपद व्यवस्थापन विधेयक छिटै कार्यान्वयनमा ल्याउने बताए ।

प्रतिकृया दिनुहोस