आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Dewa

धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन् । 

धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भने, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।”प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताए ।

कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ गएका छन् । नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै एक अर्ब रकम विनियोजन गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...