संविधानमा ‘हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि’ लेख्न माग

Bikram bam

काठमाडौँ । राष्ट्रिय शिवसेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि भनेर संविधानको प्रस्तावनामा समावेश गर्नुपर्ने माग गरेका छन् ।

मुलुकको विद्यमान राजनीतिक अस्थिरता र अन्योललाई दलहरुले निकाश दिन नसकेमा मुलुकको अस्तित्व नरहने बताउँदै उनले देश विभाजन, विखण्डन र विघटन हुनसक्ने खतरा औँल्याए । अध्यक्ष बमले भने ‘देशको राष्ट्रियता, स्वाभिमान जोगाउन जनताले चाहेमा संवैधानिक राजसंस्थालाई आलंकारिक रुपमा निरन्तरता दिनुपर्छ ।’

यही भदौ २८ गते भष्ट्राचारका विरुद्धमा काठमाडौँमा विभिन्न दबाबमूलक कार्यक्रम गरिने बताइएको छ । विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा करिब ४० जना प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस