प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता आजदेखि लागू

Election 660x330

काठमाडौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन ऐनले दिएको अधिकार प्रयोग गरी आजदेखि निर्वाचन आचारसंहिता, २०७२ लागू गर्ने निर्णय भएको आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले यसअघि प्रदेशसभा सदस्य र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को आजको बैठकले ती निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा गर्ने निर्णय गरेको छ ।

दुई चरणको निर्वाचनले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ र समानुपातिक प्रणालीबाट ११० सांसद प्रतिनिधिसभाका लागि चयन गर्नेछ । यसैगरी, दुई चरणमा हुने प्रदेशसभाको निर्वाचनले सात प्रदेशका लागि जम्मा ३३० प्रदेशसभा सदस्य चुन्नेछ ।

निर्वाचन आचारसंहिता सरकार, मन्त्री, सुरक्षा निकाय, स्थानीय निकाय÷तह, सरकारी तथा अर्धसरकारी, सार्वजनिक संस्थानका कार्यालय तथा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीलाई लागू हुनेछ ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनेको हकमा भने यो आचारसंहिता मनोनयन दर्ता भएको मितिदेखि लागू हुने आयुक्त शाहले बताए ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको नौ दिनपछि आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहिता उल्लंघनका घटनाका बारेमा सोधिएको एक प्रश्नको जवाफमा आयुक्त शाहले भने, “व्यक्ति विशेषको आचारसँग जोडिएको प्रश्न भएकाले नेताहरुले आचारसंहिताको पालनामा सकारात्मक भूमिका खेल्नुपर्छ, खेल्नु हुनेछ ।”

निर्वाचन आचारसंहिता लागू गर्ने बैठकको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी गराउने आयोगले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...