सिँचाइमन्त्रीसँग कोरियाली राजदूतको भेट

काठमाडौँ । दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौरवका आयोजनामध्येको एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘इलेक्ट्रो मेकानिकल पार्टमा सहयोग गर्ने चाहना व्यक्त गरेका हुन् ।
मन्त्री गौतमले कम समयमा धेरै वर्षा हुने मुलुक भएकाले नेपालको जलस्रोतको उपयोगमा दक्षिण कोरियाको सहयोग अपेक्षित रहेको बताए ।राजदूत सिकले हालै वर्षा र बाढीले तराईमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जलस्रोतको व्यवस्थापनमा आफ्नो मुलुकको प्रविधि नेपाललाई उपयोगी हुने विचार व्यक्त गरेका थिए ।
मन्त्रालयका सहसचिव सुशीलकुमार तिवारीका अनुसार यो आयोजनाबाट बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा पु¥याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सात वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना करिब रु ३० अर्बको लागत निर्माण हुनेछ ।
सम्बन्धित समाचार
धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार
धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...
२९ दिनको सडक आन्दोलनपछि टुंगियो आन्दोलन, सरकारसँग भयो ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५...
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
सहकारी ठगी प्रकरणमा फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उन...
भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० व...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस