परराष्ट्र मामिलामा सबै निकायको समान धारणा हुनुपर्छ : परराष्ट्रमन्त्री महरा

Krishna mahara 6

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय मामिलामा सरकार र पत्रकारको दृष्टिकोण एकै हुनुपर्ने बताएका छन । 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भने 'परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्छ ।'

सो अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासंघले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग मेल खानु पर्ने बताए । 

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासंघ सधैँ उभिने वचनबद्धता प्रकट गरे । उनले महासंघ लोकतन्त्रको हितमा निरन्तर लाग्ने पनि बताए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ठूलो÷सानो तथा सम्पन्न÷विपन्न जस्तोसुकै मुलुक भए पनि मुलुकको विदेशी नीतिबारे एकै प्रकारको विचार प्रवाह हुनुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...