उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट  

Mantri mahara

काठमाडौँ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनीहरु बीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले २ देशबीच हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताए ।

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उनले उक्त संयन्त्रको बैठकलाई नियमितता दिनुपर्ने धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री महराले पाकिस्तानसँग नेपालको सधैँ सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ उचाइमा पु¥याउनुपर्ने बताए ।

भेटमा राजदूत जावेदले पाकिस्तान र नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताउँदै आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सवल बनाएर लैजानुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...