उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

Download sarbajanik sthal

काठमाडौं । उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् ।

चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको हो । तर कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै सरोकारवाला निकायले विशेषगरी उपत्यकाभित्र रहेका सार्वजनिक स्थललाई नगरपालिकाले फोहर संकलन गर्ने र पार्किङ गर्ने स्थलको रुपान्तरित गरेकामा चिन्तासमेत व्यक्त गरे ।

प्राथमिक स्वास्थ्य सेवा केन्द्रद्वारा आज यहाँ आयोजित सार्वजनिक खुला स्थान संरक्षणसम्बन्धी कार्यक्रमका सहभागी वक्ताहरुले विपद् व्यवस्थापनका लागि खुला स्थलको संरक्षण गर्नुपर्छ भने ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विसं २०७२ को विनाशकारी भूकम्पका समयमा विद्यालय, स्वास्थ्य सेवालगायतमा रहेका सार्वजनिक खुला स्थानले अस्थायी बासस्थानको काम गरेको भन्दै सार्वजानिक खुला स्थल निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

युएन ह्वाबिट्याटका कार्यक्रम अधिकृत भूषण तुलाधरले शहरी क्षेत्रमा सामाजिक, सांस्कृतिक कार्य तथा विपद्का समयमा खुला स्थानको आवश्यक पर्ने कुरालाई ध्यानमा दिई पुर्खाहरुले बनाएका वहाः, चोक एवम् चौरजस्ता संरचना जोगाइराख्न आवश्यक भएकामा जोड दिनुभयो ।

नगरपालिकाभित्र आवास निर्माण गर्दा अनिवार्य रुपमा पाँच प्रतिशत भू–भाग खाली राख्नुपर्ने प्रावधान रहेको छ । उपत्यकाभित्र रहेका प्रमुख सार्वजानिक खुला स्थान टे बहाल, यट्खा,काठमाडौं रबार क्षेत्र, टँडिखेल, रत्नपार्क, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रजस्ता स्थानमा विपद्का समयमा उपयोग गर्न समस्या पर्ने बताइएको छ ।

कार्यक्रममा सार्वजनिक स्थल विज्ञ सुमन महर्जनले कार्यपत्र प्रस्तुत गर्दै शहरी क्षेत्रमा सार्वजनिक स्थलको अभाव हुँदै गएको बताए ।
यसैगरी सचिन महर्जन र प्रकाश महर्जनले उपत्यकाभित्रका तरकारी बजार अव्यवस्थित रहेको अध्ययनका क्रममा पाइएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...