१ हजार किलोको ‘काग स्तम्भ’ बनाइँदै

काठमाडौं, भदौ १४—कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा कागेश्वरी महादेव मन्दिरमा‘ ‘कागेश्वरी मेला’ लागेको छ ।

मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए ।

स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्लिङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख छ ।

गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै आजै कागेश्वरी मेलामा चढाउने प्रचलन छ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा रहेको कागेश्वरी महादेवको मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।

सांसद विकास कोषबाट सांसद रामेश्वर फुयाँलले ५ लाख र नेपाल सरकारले ५ लाख सहयोग दिएर ‘काग स्तम्भ’ बनाइँदैछ । स्थानीय जनताबाट सङ्कलित कवाड सामानबाट १ हजार किलो काग बनाइने छ ।

सांसद फुयाँलले लोकतान्त्रिक शहीद उद्यान गागलमा स्थानीय बासिन्दाको कवाडी धातुबाट १ हजार किलोको काग बनाइने बताए । सांसद फुयाँलले भाद्रशुक्ल अष्टमीका दिन सधैँ मेला लाग्ने सो ठाउँमा मेला स्थललाई पशुपति अन्तर्राष्ट्रिय परिपथ बनाइने जानकारी दिए ।

धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण सो मन्दिरको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान शुरु गरिएको छ ।

समग्र कागेश्वरीको एकीकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनमार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...