विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि, कुन देशमा कति चुहावट

नेपाल विद्युत्

काठमाडौं । जलविद्युत्को सम्भावनामा दक्षिण एसियाकै राम्रोमा पर्ने नेपाल उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकका रूपमा चिनिएको छ ।

१ लाख मेगावाटभन्दा धेरै क्षमता अनुमान गरिए पनि हालसम्म नेपालले मुस्किलले १ हजार मेगावाट उत्पादन गरेको छ ।
त्यस्तै विद्युत् चुहावटमा भने नेपाल दक्षिण एसियाकै अग्रस्थानमा रहेको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा २२ दशमलव ९० प्रतिशत विद्युत् चुहावट छ । यो समग्र दक्षिण एसियाकै सबैभन्दा बढी चुहावट हो ।

नेपालमा ४ वर्षअघिसम्म विद्युत् चुहावट ३० प्रतिशत नाघेको थियो । तर, अहिले घट्दै गए पनि अन्य दक्षिण एसियाका राष्ट्रहरूको तुलनामा सबैभन्दा बढी नै छ ।

अध्ययनका अनुसार भारतमा २४ प्रतिशत चुहावट छ । त्यस्तै श्रीलंकामा ११ दशमलव २४ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत, बंगलादेशमा १४ दशमलव ६१ प्रतिशत र भुटानमा ४ दशमलव ३ प्रतिशत चुहावट छ ।

कति छ चुहावट ?

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राविधिक चुहावट घटाउने र तराई भेगमा बिजुली चोरी नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण छ । प्राधिकरणको वितरण प्रणालीबाट करिब २३ प्रतिशतभन्दा बढी बिजुली चुहिएरै खेर जाने गरेको छ ।

अहिले मुस्किलले उपलब्ध करिब ११ सय मेगावाट बिजुलीको एक चौथाइ अर्थात् झन्डै २ सय ७५ मेगावाटभन्दा धेरै बिजुली चोरी या चुहावट भएर हराउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...