रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

1895546 orig

मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ ।

यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ ।

जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दशैँअघि नै स्थानीयवासीलाई विद्युत् उपलब्ध गराइनेछ ।

मिक्लाजुङ गाउँपालिकामा मोरङ जिल्लामै पहिलोपटक मिनी सोलार ग्रिडबाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

१ करोड ७० लाखको लागतमा निर्माण भइरहेको सोलार ग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला समन्वय समिति, मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीबाट संकलन गरिएको थियो । विद्युत् उत्पादन शुरु भएपछि सो क्षेत्रका ५० घरपरिवार लाभान्वित हुनेछन् ।

यसैगरी, सो सोलार ग्रिडबाट विद्यालयका २५ वटा कम्प्युटर, वडा कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत सञ्चालन हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...