४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम शुरु

Khel 1

काठमाडौं । नेपालमा झण्डै १० हजार विद्यार्थीले रुचाइएको मार्सल आर्टका कुशल प्रशिक्षक उत्पादन गर्न ४ महिने प्रशिक्षण तालिक शुरु भएको छ ।

तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजना गरेको ४ महिने सो तालिमको युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले मंगलबार उद्घाटन गरे ।

तङ्ग ईल मोदो एशोसियसन नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले कुशल प्रशिक्षक तयार पार्न अगष्ट २५ देखि डिसेम्बर २६, २०१७ सम्म ४ महिने प्रशिक्षण शुरु सञ्चालन गरिएको बताए । सो तालिममा देशभरका ७५ जना युवा सहभागी छन् ।

तङ्ग ईल मोदो खेलका संस्थापक विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले २००३ मा मार्सल आर्टको शुरुवात भएको थियो ।

सो तालिमको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले एक्काईसौं शताब्दीमा खेलकुदको माध्यमबाट मात्र शान्ति स्थापनामा गर्न सकिने बताए । उनले हरेक विद्यालयमा खेलकुदले शिक्षक नै राखेर खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद एकनाथ ढकालले खेल क्षेत्रलाई सबैले सम्मानपूर्वक हरेक क्षेत्रलाई महत्वको साथ लिनुपर्ने बताए । उनले खेल क्षेत्रले राष्ट्रको नाम विश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेलेको बताए । ‘तङ्ग ईल मोदोका खेलाडीहरु नेपालमा मात्र नभै विश्वभरी नै अनुशासित भएर आफ्नो पहिचान उच्च राख्न सफल भएको छ’ ढकालले भने, ‘नेपाल सरकारले पनि खेलकुदमैत्री वातारण निर्माणमा लाग्नुपर्छ ।’

एफएफडब्लु पियु एसिया महासचिव मासाताते काजीकुरी सानले विश्वमा शान्ति स्थापना गर्न शुरुवात आफैबाट गर्नुपर्ने बताए । उनले मन शरिर बीचको एकताले मात्र सम्भव भएजस्तै तङ्ग ईल मोदो खेलमा सहभागीहरुले पनि आफुलाई तालिम अवधिभर साँचो प्रेम, संस्कृति, अनुशासित र संयम भई शान्ति स्थापनामा एकीकृत भै सफलतापूर्वक उत्कृष्ट बन्न आग्रह गरे ।

सो तालिममा थाइल्याण्डमा भएको दोस्रो एशियन पीस कप २०१७ का विजेता खेलाडीहरु तेजबहादुर सिंह, नव विष्ट, भीमकुमारी चौधरी र सञ्जिवकुमार चौधरीलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...