महासंघले २ नम्बर प्रदेश निर्वाचन केन्द्रित सञ्चार अभियान गर्ने

Gobinda aacharya fnj

काठमाडौं । नेपाल पत्रकार महासंघले २ नम्बर प्रदेशमा स्थानीय तहको निवार्चन सफल बनाउन सञ्चार अभियान सुरु गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कायक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रदेश नं. २ को निर्वाचन सफल बनाउन महासंघले सञ्चार अभियान सञ्चालन गर्ने बताएका हुन् ।

संविधान कार्यन्वयनका लागि माघ ७ गते अघि तिनै वटै तहको निर्वाचन सम्पन्न गरे मात्र नयाँ संविधान कार्यान्वयन हुने भएकाले दलहरुलाई निर्वाचनमा होमिने वातावरण लबनाउन पनि महासंघले सञ्चार अभियान सञ्चालन गर्न लागेको बताएका हुन् । ‘संविधान कार्यन्वय नभए लोकतन्त्र खतरामा पर्छ, लोकतन्त्र नभए प्रेस स्वतन्त्रता हुँदैन’, उनले भने, ‘त्यसैले २ नम्बर प्रेदशको निर्वाचनलाई सफल बनाउन महासंघ सञ्चार अभियान लिएर जान्छ ।’

अध्यक्ष आचार्यले महासंघमा भएका विकृतिहरु हटाउँदै सदस्यता सुद्धिकरण अभियान सञ्चालन गर्ने बताए । ‘महासंघमा सदस्यता सुद्धिकरण गर्न सार्वजनिक सुनुवाइ गरेर वास्तविक पत्रकार हो या होईन भनेर निश्चित गरेर मात्रै सदस्यता पदान गर्छ’ उनले भने, ‘भइरहेका निष्कृय सदस्यहरुलाई स–सम्मान विदा गर्ने महासंघको योजना छ ।’

महासंघका उपाध्यक्ष विपुल पोखरेलले रिपोर्टर्स क्लब नेपालले पत्रकारहरुलाई गतिलो प्लेटफर्म उपलब्ध गराएर समाचार उत्पादनमा महत्वपूर्ण काम गरिरहेको भन्दै आगामी दिनमा महासंघले रिपोर्टर्स क्लब नेपालसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
सो कार्यक्रममा उपाध्यक्ष एवम् रिपोर्टर्स क्लब नेपालका सचिव दिलिप थापामगर, सचिवहरु रामप्रसाद दाहाल, शितल महतो, प्रकाश थापा, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य सिर्जना अर्याल लगायतले आफुहरुको कार्यकालमा पत्रकारिता क्षेत्रलाई मर्यादित, अनुशासित बनाउन र श्रमजिवि पत्रकारहरु हकहितको लागि काम गर्ने बताए ।

रिपोर्टर्स क्लबद्धारा सम्मान
रिपोर्टर्स क्लब नेपालले २५ औं महाधिवेसनबाट निर्वाचित कार्य समितिलाई मंगलबार विषेश कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई दिएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्धय विपुल पोखरेल र दिलिप थापामगर, महासचिव रमेश विष्ट, सचिवहरु रामप्रसाद दाहाल, शितल महतो, प्रकाश थापा, कोषाध्यक्ष राजेश मिश्रलाई क्लबका सभापति ऋषि धमलाले सम्मान गरे ।

त्यसैगरी धमलाले महासंघका नव निर्वाचित केन्द्रिय सदस्यहरु नकुल अर्याल, सिर्जना अर्याल, जानुका बराल, गोपाल बराइली, लेखनाथ न्यौपाने, भूपेन्द्र आचार्य, पुरुषोत्तम सुवेदी, राधेश्याम दाहाल, मिरा राजभण्डारी लगायतलाई खादा ओडाएर सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...