कास्कीमा उद्योग सञ्चालन

Zz

पोखरा । कास्कीमा दश हजार छ सय ३८ उद्योग सञ्चालनमा रहका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५ कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार एक सय ९० र सेवामूलकमा दुई हजार नौ सय २६ उद्योग सञ्चालनमा भइरहेका छन् ।

उद्योगले उपलब्ध गराएको दर्ता विवरणका आधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन् । आव २०७३÷७४ मा मात्रै नौ सय ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा एक सय ७४, पर्यटन चार सय एक, सेवामूलक दुई सय ३७ र कृषि तथा वन पैदावरमा आधारित एक सय ६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताए ।

यी सबै उद्योगमा करिब चार अर्ब ७१ करोड दुई हजार दुई सय ५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...