लोकतान्त्रिक पर्यटन व्यवसयी संघद्धारा बाढीपीडितलाई राहत वितरण

Rhat 3

काठमाडौँ । नेपाली कांग्रेस निकट पर्यटन व्यवसयीहरुको छाता संगठन लोकतान्त्रिक पर्यटन व्यवसयी संघले सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

तराईका नेताहरु राजधानीमा बसेर राहत र उद्धारको कुरा उठाई रहँदा युवा पर्यटन व्यसायीहरुले भने सप्तरीको कोइलाडी गाउँपालीकाका २ सय ५० घर परिवारलाई राहतवितरण गरेकाछन् ।

उनीहरुको टोलीले राजधानीबाट गएर राहतवितरण गरेका हुन् । डुवानमा परि मृत नाबालकलाई सदगद् गर्ने अथवा गाड्ने ठाउँ नपाएर पानीमा बगाईएको दुःखद खवर आए लगत्तै टोलीले सोही स्थानमा पुगेर राहत वितरण गर्ने निर्णय गरेको थियो ।

लोकतान्त्रिक पर्यटन व्यवसयी संघका कार्यवाहक अध्यक्ष तथा युवा समाजसेवी कुमार अधिकारीको नेतृत्वमा गएको व्यवसयीहरुको टोलीले त्यस क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, झुल, टर्चलाईट, स्कुले बिद्यार्थीहरुलाई कापी, कलम, व्यागलगायतका आवश्क सामाग्री बितरण गरेको हो । संघले काँग्रेस निकट पर्यटन व्यवसयीहरुबाट राहत संकलन गरी झण्डै १० लाख रुपैया बराबरको राहत वितरण गरेको हो ।

काठमाडौबाट राहत बितरणको लागि युवा पर्यटन व्यवसायी पासाङ शेर्पा, चोलेन्द्र कार्की, अशोक केसी, टीका भण्डारी सहितको टोली सप्तरीको कोइलाडि गाउँपालीका पुगेका थिए । संघका अध्यक्ष अधिकारीले लोकतान्त्रिक पर्यटन व्यवसायीहरुले भूकम्पपीडितहरुलाई पनि सहयोग गर्दे आएको बताए ।

लोकतान्त्रिक पर्यटन व्यवसयी संघलाई शेर्पा पर्यटन व्यवसायी संघ नेपालले पनि सहयोग गरेको छ । तराईमा बाढीपीडितबाट धेरै 

बिस्थापित भएका छन् । उनीहरुको खाने अन्न र बस्ने घरसमेत छैन् भने सरकारबाट पर्याप्त सहयोग नभएको अवस्थामा सप्तरीको कोइलाडिमा थोरै भए पनि राहतको महशुस भएको छ ।

प्रतिकृया दिनुहोस