भारतमा नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसद्कै अपमान हुनु हो : बिजुक्छे

Narayan man bijukchhey

 

भक्तपुर, १२ भदौ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोलेर गलत गरेको टिप्पणी गरे । 

भक्तपुर नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधिका ‘१०० दिनको प्रगति सार्वजनिक’ कार्यक्रममा उहाँले भारतमा गएर नेपालको संविधान संशोधन गराउँछु भनेर बोल्नै हुन्थेन भने ।

'भारतमा पार्टी सभापतिको हैसियतमा बोल्न पाइन्छ तर देशको प्रधानमन्त्री भारतमा जाँदा देशको आन्तरिक विषयमा देशलाई असर पर्ने गरी बोल्नुहुँदैन', सांसद बिजुक्छेले भने, 'संविधानसभाले संविधान बनायो, संसद्ले संशोधन फेल गरायो तर प्रधानमन्त्रीले भारतमा गएर नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसद्कै अपमान हुनु हो ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...