द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघद्वारा धर्ना

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूलाई नसमेटेको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले आइतबार
देखि आयोग कार्यालय अगाडि धर्ना दिएको छ ।

द्वन्द्वपीडितले द्वन्द्वको चपेटामा परेका पीडित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्मानजनक पहिचान गराउनुपर्ने, घाइते सुरक्षाकर्मीको उपचार गर्नुपर्ने, द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्नुपर्ने लगायत माग राख्दै विभिन्न नाराबाजीका साथ ३ घण्टा धर्ना गरेका हुन् ।

‘आयोगले सशस्त्र द्वन्द्वका कारण सुरक्षाकर्मीमाथि भएको क्षतिबारे केही नबोलेकाले’ आफ्नो पहिचान गराउनका लागि धर्ना गरिएको संघका अध्यक्ष बिना दाहालले बताए ।

उनले आयोगको ऐन संशोधन गरेर आफ्ना सुनवाइ गर्नुपर्ने बताए । संघका सचिव तुल्सी बस्नेतले राज्यका तर्फबाट द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई आयोगले अन्याय गर्न खोजेको आरोप लगाए ।

संघले बिहान १० देखि अपराह्न १ बजेसम्म धर्ना गरेको हो । सशस्त्र द्वन्द्वका बेला करिब ६ हजार ५ सय सुरक्षाकर्मीले ज्यान गुमाउनाका साथै घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...