अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा संयोगलाई स्वर्ण

2

काठमाडौं । छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्रा एकलको उपाधि आदर्श विद्या मन्दिरका संयोग कपालीले जितेका छन ।

शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल)द्वारा आयोजत प्रतिगिाको छात्र फाइनलमा नेपालका जुनियर च्याम्पियन संयोगले प्रोक्सिमाका रेखन तामाङको कडा चुनौती ११–७, ११–८, १०–१२, ६–११, १३–११ ले पार गर्नुभयो । निर्णायक सेटमा म्याच अङ्कको फाइदा उठाउन नसक्दा रेखन निराश बनेका थिए ।

संयोगले सेमिफाइनलमा पिएसबिएसका आभास चौलागाईँ र रेखनले माउन्ट भ्यालीका रोशन खाइजुजलाई हराउएका थिए ।

छात्रा एकलमा प्रभात स्कुलकी अञ्जु सुवालले स्वर्णिक स्कुलकी स्मृति पन्तलाई ११–५, ११–६ र ११–८ ले हराएर च्याम्पियन बने । सो इभेन्टमा स्वर्णिंमकी नसला मानन्धर र प्रभातकी मञ्जु सुवाल तेस्रो भए ।

यी दुवै इभेन्टमा विजेता र उपविजेतालाई जनही दस र पाँच हजार रुपियाँ प्रदान गरिएको थियो । तेस्रो हुनेले २५०० रुपियाँ पाए ।

छात्र यु–१२ मा आदर्श विद्या मन्दिरका विशाल गोले पिएसबिएसका सिद्धार्थ तामाङलाई १३–११, ११–८ र १३–११ ले हराएर पहिलो हुनुभयो ।आदर्श विद्या मन्दिरका रुविन महर्जन र ग्रिनफिल्डका हिमाल विष्ट संयुक्तरुपमा तेस्रो भए ।

छात्रा यु–१२ मा विजेश्वरी स्कुलकी सुस्मिता खड्का सिजिएमकी त्रिसा महर्जनलाई ११–४, १२–१० र ११–४ ले हराएर च्याम्पियन बन्नुभयो । सोनी लामा र आरती सुवाल तेस्रो स्थानमा रहनुभयो । यु–१२ मा पहिलो हुने पाँच, उपविजेता दुई तथा तेस्रो हुने एक हजार रुपियाँको हकदार बनेका थिए ।

आयोजकले विद्यालयस्तरीय टेबलटेनिसमा नगद पुरसकार दिइएको यो पहिलो पटक भएको जानकारी दिएको छ ।

यसैगरी, छात्र टिम इभेन्टमा आदर्श विद्या मन्दिर च्याम्पियन हुनुभयो । उसले फाइनलमा प्रोक्सिमालाई हराएको थियो । पुष्पसदन सकेन्डरी स्कु र माउन्ट भ्याली तेस्रो भए । छात्र टिम इभेन्टमा प्रभाव स्कुल विजेता र विजेश्वरी स्कुल उपविजेता बने । स्वर्णिम र चिल्ड्रेन गार्डेन स्कुल तेस्रो भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...