बाढी पीडितलाई सहयोग गर्न मन्त्री थापाको अपिल

Tarun dal

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सवैसँग आग्रह गरेका छन् । 

नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रममार्पmत बाढीपीडितका लागि आज आयोजित आपतमा राहतको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही दिनअघि भीषण वर्षासँगै आएको बाढीले तराईमा बस्ने धेरै दाजुभाई तथा दिदीबहिनी कहालीलाग्दो अवस्थामा दिन गुजार्नु परेकाले आपूmले जे सकिन्छ सहयोग गर्न आग्रह गरे । 

उहाँले बाढीपीडितहरूका लागि तत्कालका लागि खाद्यान्न, अप्ठ्यारोमा परेकाहरूको उद्धार र उचित ठाउँमा बस्ने वासको व्यवस्था गर्न सरकार प्राथमिकताका साथ अग्रसर भएको धारणा राखे । 

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले संस्थाले हालसम्म रु १० लाख संकलन गरिसकेको र सबैभन्दा बढी पीडित भएका परिवारलाई ठाउँमै पुगेर राहत वितरण गरिने बताए । 

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बाढी पीडितलाई मानवीय रुपमा सहयोग गर्न सबै पोखरेलीसँग आग्रह गरे । कार्यक्रममा विभिन्न महानुभावबाट झण्डै रु तीन लाख संकलन भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...