तराई क्षेत्रको सुरक्षाका लागि चुरे संरक्षण गर्नुपर्छ , सचिव ज्ञवाली

Aa dsc04109

काठमाडौ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आयोजित कार्यक्रममा उनले चुरेको विनाशले जलवायु परिवर्तनमा असर पार्ने तथा वर्षा र बाढी पहिरोको जोखिम बढ्ने खतरा देखिएको बताए ।

सचिव ज्ञवालीले डुबानका कारण मृत्यु भएको बालकको अन्त्येष्टि गर्न नसकेर बगाउनुपर्ने अवस्थाप्रति दुःख व्यक्त गर्दै “भारतले एकतर्फी बाँध बाँधेका कारण नेपालमा वर्षायाममा बाढीको समस्या हुने गरेको छ,” भने ।

दुवै मुलुकको समन्वयमा वैज्ञानिक ढङ्गबाट बाँध लगाउनका लागि आवश्यक वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए। सोही पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले पीडितलाई सहयोग गर्ने उद्देश्यले विहारले उपलब्ध गराएको सहयोगको सराहना गरे ।

बुद्धको शिक्षामा दुःख पाएका पीडितलाई प्राथमिकतामा राखेर सहयोग गर्ने सन्देश रहेको र त्यसलाई व्यवहारमा उतार्न राहत संकलन गरी वितरणका लागि व्यवस्था मिलाइएको बताए ।
विभिन्न खाद्य तथा लत्ता सामग्री गरी करिब रु पाँच लाख बराबरको सो राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी वितरण गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...