नेपालमा लगानी सुरक्षा र सरल कानुनी व्यवस्थाप्रति चीनको चिन्ता

चिनियाँ टोलीले भन्यो ठूला क्षेत्रमा लगानी गर्न चाहान्छौ

Bir bahadur balayar and his chinese counterpartner 1

काठमाडौं । छिमेकी मुलक चीनले नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । साथै उसले नेपालमा लगानीको सुरक्षा र सरल कानुनी व्यवस्थाको ग्यारेन्टी पनि खोजेको छ ।

नेपालमा पूर्वाधार क्षेत्रको अवस्था र लगानीको अवसरको खोजी गर्ने उद्देश्यले चिनियाँ भौतिक पूर्वाधार मन्त्री युआन सुहोङ नेतृत्वको टोली हाल नेपालमा छ । टोलीले शुक्रबार नेपालको भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायर र मन्त्रालयका अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।

चिनियाँ टोलीले हालसम्म गरेको सहयोग सानो हो, अब ठूलो सहयोग गर्न चाहान्छौं भनेको छ । त्यससँगै उनीहरु लगानीको सुरक्षा र नेपालको कानुनी अवस्थाको बारेमा जान्न चाहान्थे । बिस्तृत जानकारी भने केही दिनभित्रै दिइने मन्त्री बलायरका प्रेस संयोजक जोशीले भने ।

सिगात्से–केरुङ–काठमाडौं र काठमाडौं–पोखरा तथा काठमाडौं–लुम्बिनी जोड्ने रेलमार्ग र पूर्व–पश्चिम रेलमार्गमा लगानी गर्न आग्रह गरेका थिए । काठमाडौं केरुङ हुँदै, लुम्बिनी र पोखरासम्म जोड्ने रेलमार्गमा चिनियाँ पक्ष स्वयंले चासो दिँदै आएको छ ।

पूर्व–पश्चिम रेलमार्गको सर्भे नेपालले गरिसकेको छ भने बाँकी निर्माणको काम चिनियाँ पक्षबाट होस् भन्ने नेपालको चाहाना छ । अरनिको राजमार्ग र पोखरा–बाग्लुङ सडक स्तरोन्नती तथा सामाखुसी–टोखा–रसुवागढी सडक निर्माणमा लगानी गर्न नेपालले आग्रह गरेको छ ।

सामाखुसी–टोखा–रसुवागढी सडक खण्डको पाँच किलोमिटर क्षेत्रमा टनेलसमेत हुनेछ । यसका लागि पनि हामीले चीनको सहयोगको अपेक्षा गरेका छौं मन्त्री बलायरका प्रेस संयोजक जोशीले भने, ‘यी विषयमा ठोस प्रस्ताव चाँडो भन्दा चाँडो चीन समक्ष पुर्याउने छौं ।

भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुले भूकम्पपछि पनि नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुगेको जानकारी दिँदै चिनियाँ टोलीलाई विश्वस्त भएर लगानी गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...