करेन्ट लागेर मृत्यु

Victim of electrical shock

सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ ।

आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।

शौचालयमा लगिएको तार चुँडिएर भुइँमा लत्रेको अवस्थामा कोरईको दाहिने हातले तारलाई छुँदा करेन्ट लागेकामा अचेतावस्थामा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

करेन्टलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगरी आफ्नो घरको विद्युत् प्रवाहलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको छ । साना भुइँघर र फुसको छानो लगाइएका अधिकांश घरमा जुनसुकै बेला करेन्ट लाग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच सिन्धुलीमा गए राति ठूलो मेघ गर्जनसहित जिल्लाका केही भूभागमा वर्षा भएको छ । सिन्धुलीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिप्रका सिन्धुलीले जनाएको छ ।

सिन्धुली जिल्ला चट्याङका लागि अत्यन्तै जोखिम मानिन्छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा वर्षेनी चट्याङकै कारणले ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...