महिलाको हत्या आरोपमा श्रीमान् र सासू पक्राउ

Killing file foto

झापा । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासू ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

शर्मिलाको शंकास्पद अवस्थामा शुक्रबार बिहान घर छेउकै बकाइनाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान ५ बजे स्थानीयवासीले शर्मिला बकाइनोको रुखमा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...