पूर्वी पहाडीमा सडक निर्माणमा लाग्न राज्यमन्त्री गुरुङसँग माग

Santoshi

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी सिता गुरुङसँग जिल्लाको विकास निर्माणमा लाग्न दुई जिल्लाका सञ्चारकर्मीले आग्रह गरेका छन् ।

तेह्रथुम घर भएकी गुरुङलाई धनकुटा र तेह्रथुमका सञ्चारकर्मीहरुले उनकै कार्यकक्षमा बधाई दिँदै पूर्वी पहाडी जिल्लाहरुमा सडक विस्तार र मर्मत तथा सुधार गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वबहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेस तेह्रथुमका जिल्ला सदस्यहरु महेन्द्र काफ्ले, बालकुमार गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लक्ष्मण कार्की लगायतले पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुममा सडक विस्तार तथा मर्मत सुधार र कालोपत्रे गर्न जोड दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायत राज्यमन्त्री गुरुङलाई धनकुटा र तेह्रथुमका साना र ठूला सडक मर्मत र विस्तार गर्न माग गरेका हुन् । उनीहरुले धरान–धनकुटा–म्याङलुङ सडकको मर्मत सुधार, हिले–धनकुटा– भोजुपुर सडकको सुधार तथा विस्तार, भेडेटार–राजारानी–छ नम्वर बुधवारे– रवि राँके सडकको विस्तार तथा कालो पत्र गर्न माग गरेका छन् ।

उनीहरुले दुई जिल्लाका सबै सडकलाई मर्मत गरी गाडी सञ्चालन हुने बनाउन र सडक नपुगेका ठाउँमा सडक पु¥याउन माग पनि गरेका छन् । प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईका अनुसार राज्यमन्त्री गुरुङसँग धनकुटाका ग्रामिण सडकको स्तर उन्नतीका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...