महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

पहिलो बैठकमै कल्याणकारी कोषमा कम्तीमा ५ करोड जम्मा गर्ने प्रतिबद्धता

Fnl 9

काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।

यही भदौ ४ र ५ गते सम्पन्न महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यको अध्यक्षतामा ४७ सदस्य कार्यसमिति र रोशन पुरीको संयोजकत्वमा दुई सदस्य रहेको लेखा समिति गठन भएको थियो ।

महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गरेका थिए भने नवनिर्वाचितलाई निवर्तमान अध्यक्ष डा. विष्टले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तर कार्यक्रममा सभामुख ओनसरी घर्ती, महासंघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायतको उपस्थिती थियो । सो अवसरमा सभामुख घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघ सधैँभरि प्रेस स्वतन्त्रताको पक्ष रहने प्रतिवद्धता जनाए । उनले सबैको सल्लाह, सुझावका आधारमा सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने बताए । सो कार्यक्रममा आचार्यले १ करोड ४६ लाख ५३ हजार रहेको महासंघको कल्याणकारी कोषलाई बढाएर आफ्नो कार्यकालमा कम्तीमा ५ करोड पु¥याउनेसमेत प्रतिबद्धता जनाए ।

पहिलो बैठकमै भयो यस्तो निर्णय
नवनिर्वाचित कार्यसमितिको बैठक शुक्रबारै बसेको छ । सो बैठकले पत्रकारहरुको पेशागत सुरक्षा र पेशागत मर्यादालाई सधंै उच्च राख्ने निर्णय गरेको छ । लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितका पक्षमा विगतदेखि महासंघले चलाएको अभियानलाई थप निरन्तरता दिन निर्णय गरेको छ ।

सो बैठकले नेपाल पत्रकार महासंघले सरकारसँग ‘लोककल्याणकारी विज्ञापन’ रकम वृद्धि गर्न माग गरेको छ । महासंघका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको बैठकले समानुपातिक विज्ञापन नीति लागू नभएसम्म लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न माग गरेको छ ।

सो बैठकले सबै प्रकारका सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत माग गरेको छ ।

यस्तो छ कार्य समिति
नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार संघ लगायत आधा दर्जन संगठनहरुको साझा प्यानलले गोविन्द आचार्यलाई अध्यक्षको रुपमा उम्मेदवार बनाएको थियो भने प्रेस चौतारी र प्रेस सोसाइटीको प्यानलबाट तीर्थ कोइराला चुनावी मैदानमा थिए ।

चौतारी प्यानलबाट भने एक दलित, महिला, जनजाति, अल्पसंख्यक र प्रदेश गरी ९ केन्दिय सदस्यमा विजयी भएको थिए भने अन्य पदमा आचार्य प्यानलले जीत हात पारेको थियो ।

आचार्य प्यानलबाट उपाध्यक्षमा विपुल पोख्रेल र दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए ।
त्यसैगरी सदस्यहरुमा खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की र हरिहरसिंह राठौर विजयी भएका छन् । महिला केन्द्रीय सदस्यमा जानुका बराल, श्वेता सिह्ना र सृजना अर्याल विजयी भएका छन् ।

दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, उपत्यका केन्द्रीय सदस्यमा गोविन्दप्रसाद चौलागाईं र लेखनाथ न्यौपाने, आदिवासी जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेशी केन्द्रीय सदस्यमा अवधेशकुमार झा र सुरेशकुमार यादव, केन्द्रीय सदस्य अपांगता माधव चम्लागाई, केन्द्रीय सदस्य अल्पसंख्यकमा छेटु शेर्पा, केन्द्रीय सदस्य प्रतिष्ठानमा टीकाराम प्रधान र यम विरही, केन्द्रीय सदस्य एशोसिएटमा पवन आचार्य र राधेश्याम दाहाल विजयी भएका छन् । लेखा समिति सदस्यमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी भएका छन् ।

त्यस्तै प्रादेश केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट उद्धव तिम्सिना र सटेन्द्र जवेगु, प्रदेश २ बाट देवकुमार यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट कृष्ण गिरी र द्धारीका काफ्ले, प्रदेश ४ बाट नवीनराज कुइँकेल र रामकृष्ण ज्ञवाली, प्रदेश नं ५बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी, प्रदेश नं ६ बाट पूर्णप्रसाद चौलागाईं र कलेन्द्र सेजुवाल र प्रदेश नं ७ बाट मीन बम, उत्तरसिंह विष्ट र श्यामदत्त भट्टले बराबर मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...