जिप दुर्घटनामा एकको मृत्यु

Accident jip

सल्यान । ढोरचौर गाउँपालिका–३ गर्तेनामा शुक्रबार अपराह्न जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा विकका श्रीमान् काशीराम, आफन्त वीरबहादुर विक, गौरव कुँवर, गाडीधनी काशीराम विक र नाम नखुलेका २ महिला घाइते भएको ढोरचौर प्रहरी चौकीका प्रमुख बाबुराम भट्टराईले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाटो चिप्लो र हिलो भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...