भ्रष्टहरुप्रति निर्मम बनौं, जनतासँग जोडिऔं : बादल

Ram bahadur thapa

काठमाडौं । राम बहादुर थापा ‘बादल’ले जनतासँग जोडिन अपिल गरेका छन् । नेकपा माओवादी केन्द्रको ६ प्रदेश नम्बरको प्रशिक्षणमा बोल्दै नेता बादलले यस प्रदेशमा माओवादी शक्तिशाली भएका कारणले निर्वाचनमा माओवादी पहिलो हुने विश्वास व्यक्त गरेका छन् ।

नेता बादलले माओवादीको नेतृत्वमा प्रादेशिक सरकार बन्ने भन्दै उनले भने, ‘अब हामीले जनतासँग जोडिएर, भ्रष्टहरुप्रति निर्मम बनेर पार्टी बनाउनुको बिकल्प छैन। ’

संगठन र स्थानीय नेतृत्वमा माओवादी कमजोर भएका कारण माओवादी देशव्यापी रुपमा तेस्रो शक्ति बनेको उनले जिकिर गरे । त्यसैले अब जनतामाझ जानु अपरिहार्य भएको उनले बताए ।

नेता बादलले निर्वाचन पनि आफैमा आन्दोलन भएकाले यसलाई आन्दोलनको रुपमा बुझ्न र जनतासँग जोड्न जरुरी रहेको उनले बताए ।

‘जहाँ नेता जनतासँग जोडिए, त्यहाँ परिणाम राम्रो आएको छ’ उनले भने, रुकुम, रोल्पा, कालिकोट, हुम्ला, डोल्पाको परिणाम उत्साहजनक छ।

त्यसले आधारभूत वर्गले माओवादी विचार र आन्दोलन छोडेका छैनन् भन्ने प्रमाणित गरेको छ।’ उनले थपे, ‘हामीले धर्ति छोड्नु हुँदैन, त्यसले मात्रै फेरि माओवादी आन्दोलन शक्तिशाली हुन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...