स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली थाइल्याण्ड प्रस्थान

विमानस्थलमा भने ,'प्रधानमन्त्रीले हिजो भारतमा दिएको अभिव्यक्ति लज्जाजनक'

Kp sharma oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो भारतमा दिएको अभिव्यक्ति लज्जाजनक भएको बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी गरे ।

संविधानको सर्वस्विकार्यताबारे कसैलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिएको ओलीको आरोप छ । प्रधानमन्त्री देउवाले हिजो भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै संविधानलाई सर्वस्विकार्य बनाउन फेरि संसोधनको प्रयास गरिने बताएका थिए ।

‘उहाँले शर्मनाक ढंगले प्रभु मैले कोशिश गरेको हो, सकिँन तर म गर्छु त्यसका लागि उपयुक्त वातावरण बनाइदिनुपर्यो भनेर याचना गर्नुभयो, ओलीले भने, उहाँको हाउभाउ र प्रस्तुती हेर्दा देशकै शीर निहुरिन्छ अत्यन्तै दुःख लागेको छ ।’ ओली स्वास्थ्य जाँच गरी आगामी १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...