मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

Aaa

नुवाकोट। चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका १ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहीबार १० वर्ष कैद सजाय र ५० हजार जरिवाना गरेको हो ।

तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बिक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो ।

घटनामा संलग्न भएकाहरु अन्य पाँचजना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गा पा १ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...