बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

Oo jj

चितवन। अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पु¥याएको अर्को एक वयस्क गैँडा भेटिएको छ ।

गैँडाको उद्धारका लागि गतसातादेखि नै सोही क्षेत्रमा रहनुभएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार एउटा गैँडा नियन्त्रणको प्रयास गरिरहेका बेला बिहीबार अर्को गैँडा पनि फेला परेको हो ।

बाढीले बगाएपछि दच्किएको सो गैँडा भागेकाले डार्ट गर्न कठिन भएको हो । मान्छे र जनावरको आवाज सुन्नेबित्तिकै गैँडा भाग्ने गरेको अर्यालले बताए । उनले भने “डार्ट गर्नका लागि गैँडा नजिक पुग्नु पर्ने हुन्छ ।

भारतीय अधिकारीहरुसँगको समन्वयमा डार्ट गरेर बेहोस बनाएर गैँडा ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० जना र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ ।

गैँडालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ ।

यसअघि भारतबाट चारवटा गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये दुईवटा पोथी माउ थिए भने एक भाले र एक पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको र दुई गैँडा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...