प्रेसको  महत्वपूर्ण भूमिका – महामन्त्री कोइराला

Parrot qqq

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज आफ्नै निवास महाराजगञ्जमा बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

लोकन्त्रमाथि आइपर्ने खतराका सम्बन्धमा सञ्चार क्षेत्र सदैव सतर्क रहनुपर्ने सञ्चार जगत सदैव स्वतन्त्र र निष्पक्ष हुुनुपर्ने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका सम्बन्धमा कहिल्यै कसैसँग सम्झौता नहुने दृढता व्यक्त गरे । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले अब सबैलाई समेटेर आफ्नो साझा चरित्र कायम राख्नुपर्ने सुझाव दिए।

महासंघका पूर्व महासचिव पोषण केसीले महासंघको नयाँ नेतृत्वले श्रमजीवी पत्रकारका आर्थिक र भौतिक सुरक्षाका सम्बन्धमा काम गर्नुपर्ने बताए ।काँग्रेस नेता डा महतले आफ्नो निवासमा महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा जलपान कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...