मिथिला क्षेत्रमा शुक्रबार चौरचन पर्व मनाइँदै

Chothi chand

बर्दिवास । हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा शुक्रबार चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले शुक्रबार दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन् ।

खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ । हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलपूmल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन् ।

भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई फलपूmल र मिष्टान्न परिकार देखाएर यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ ।

यस पर्वका लागि घरको आँगनबीचमा लिपेर बनाइएको शुद्ध वेदीमा चन्द्रमालाई अघ्र्य दिइन्छ । साँझ चन्द्रमालाई खिर, पुरीसहितका मिष्ठान्न परिकार, दही, केराका घरी र अन्य फलपूmल देखाएर अघ्र्य दिएपछि यो पर्व समापन गरिन्छ ।

चौरचन पर्वमा इष्टजनलाई आँगनमा बनाइएको शुद्ध वेदीभित्र बसाएर प्रसाद ख्वाइने गरिन्छ । सबै जाति समुदायले मनाउने यो मिथिलाको मुख्य पर्वमध्ये मानिने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...