साउदी अरबका राजाको निमन्त्रणामा नेपाली मुस्लिम टोली साउदी जाँदै

मदरसा शिक्षा र बाढीपीडितको सवाललाई उजागार गर्ने

Welcome0

इमरान खान
कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । साउदी अरबका राजा सलमानविन अब्दुलअजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्ड, सांसद, डीआईजी सहितको टोली साउदी जान लागेको हो ।

मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ नेतृत्वको टोली साँझ साढे ४ बजे साउदी अरब जाने भएको बताइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, चैपुरवा निवासी राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना ‘नेपाली’ को नेतृत्वमा देशका शीर्षस्थ मुस्लिम अगुवाहरुको सहभागिता रहेको छ । टोलीमा सांसद कौसर शाह, डीआईजी असगर अली, समाजसेवी इकबाल अहमद मक्की, मोहम्मद बिन समेत शीर्षस्थ मुस्लिम अगुवाहरु रहेका छन ।

साउदी अरब भ्रमणका लागि साउदी राजाले निमन्त्रणा गरेकोमा टोली अगुवा मौलाना नेपालीले साउदी सरकारलाई धन्यबाद ज्ञापन गरे । साथै उनले नेपाली मदरसाले भोग्नुपरेको समस्या र बाढीपीडितहरुको सवाललाई साउदी सरकारसमक्ष प्राथमिकताका साथ राख्ने बताए ।

१४ दिनको भ्रमणका लागि साउदी जान लागेको मुस्लिम अगुवाको टोली साउदी राजाका साथै विभिन्न व्यक्तित्वसँग भेटघाट गरी नेपालको समस्या दर्शाउने मौलाना मशहूद खाँ नेपालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...