नेपाल र भारतबीच आठ वटा समझदारी पत्रमा हस्ताक्षर

Nepal india 1

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भए लगतै समझदारी पत्र आदान प्रदान भएको हो, जसमध्ये ४ वटा पुनर्निर्माणसम्बन्धी छ ।

भूकम्पपछि काठमाडौंमा भउको दाता सम्मेलनमा भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्ब रकम खर्च गर्ने मोडालिटीबारे छ । यो रकम ५० हजार घर निर्माणमा खर्च हुनेछ ।

बाँकी तीन समझदारी स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ । तीन वटै समझदारी ५०÷५० करोडको छ । भारतीय विदेश सचिव एस जयशंकरका अनुसार स्वास्थ्यमा १५७ र शिक्षामा ७० प्रोजेक्ट छनोट भएको छ ।
साथै चौथो समझदारी पत्र २८ पुरातात्विक सम्पदा पूनर्निर्माणबारे रहेको जयशंकरले बताए ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । सबै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

नेपाल र भारतबीच मोची पुल पुनर्निर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले धनगढीमा टेक्निकल सेन्टर र तनहुँमा जीपी कोइराला स्वासप्रस्वास रोगसम्वन्धी केन्द्र स्थापनामा सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...