विदेश जाने योजना त्यागेर गाउँमै स्वरोजगार

म्याग्दी। विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् ।

मंगला गाउँपालिका २ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बनेका छन् ।फगानिस्तान जाने योजना त्यागेर उनले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुरु गरेका हुन् ।

पौडेलले सञ्चालन गरेको फार्ममा अहिले दुईजनाले रोजगारी पाएका छन् । बन्दागोभी, काउली, घिरौला, भण्टा, खुर्सानी, करेला, लौका, सिमी, गोलभेँडा, सागलगायत मौसमी र बेमौसमी तरकारी बाबियाचौर र दरवाङ बजारमा बिक्री गर्छन् ।

विदेश जान गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे मासिक ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले एकीकृत जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत ६० हजार तथा जिल्ला पशु सेवा कार्यालयले गोठ सुधारका लागि दश हजार अनुदान सहयोग समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...