मोटरसाइकलको ठक्करबाट एक बटुवाको मृत्यु

काठमाडौं। पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान ५ बजे बा८३प ५७८७ नं को मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका ९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए। वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ ।

बसपार्कमा कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी परेकाले कसले पुनः निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिका राजश्व विभागका उपप्रमुख महेश काफ्लेले बताउए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...