बाढीले भारत पुगेका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने

One horned rhinoceros chitwan national park 02 rr

चितवन। बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ ।

वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो । रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताउए ।

भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट बन्दुकबाट लठ्याउने सुई लगाएर गैँडा नेपाल ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ । लिङ्ग यकिन भैनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताउए।

नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन् ।गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उनले बताउनुभयो । हालसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको छ ।

प्रतिकृया दिनुहोस