देउवालाई मोदीको ‘सरप्राइज्ड’

राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुने

Modi and deuba

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ नै भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरे ।


बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुनेछ ।

तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे । सोही अनुसार भारतीय प्रधानमन्त्री मोदी र देउवावीच बुधबार साँझ नै भेट भएको हो । मोदी र देउवाबीच सेभेन रेसकोर्स रोडस्थित मोदी निवासमा करिब २०–२५ मिनेट कुराकानी भएको छ ।

भेटपछि मोदीले ट्वीटरमार्फत् भनेका छन्, ‘निकटको साथी नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई भेट्दा निकै खुसी लागेको छ । भोलि थप व्यापक वार्तालाप हुनेछ ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, ‘भोलि औपचारिक छलफल हुन्छ । त्यो भन्दा अगाडि कसरी राजनीतिक तहबाट के गर्न सकिन्छ भन्नेछ ।’

उनले यसलाई ‘वार्मअप’ भेट भनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...