नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

Phot ball

काठमाडौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७ औँ मिनेटमा गोल गर्दै आफ्नो मुलुकलाई अग्रता दिलाएका थिए । नेपालले ४१ औँ मिनेटमा रोशन राना मगरकोे गोलबाट खेललाई बराबरीमा पु¥याए । 
पहिलो हाफ एक÷एक गोलको बराबरीमा रोकिए पनि ६५ औँ मिनेटमा भारतका रवीबहादुर राणाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो । 

नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...