धार्मिक पर्यटनको विकासमा लाग्न राष्ट्रपतिको जोड

Biddha bhandari r

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्ने बताएकी छन् ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं वाषिर्कत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले देश विकास निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको बताइन ।

मंगलबारका दिन केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरको चारै ढोका खुल्ला गरिएको थियो । सर्वसाधारण भक्तजनहरुलाई बिहान ३ बजेदेखि नै चारै ढोका खोली भक्तजन आफै मन्दिरभित्र गई दर्शन गर्न पाउने व्यवस्था गरिएको हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केदारनाथको शीर घोषणा गरेपछि मन्दिरमा विधिवत नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वाषिर्कोत्सव, शिवरात्री र अक्षय तृतीया गरी जम्मा तीन दिन मात्रै मन्दिरको भित्रै गएर पुजा गर्न पाईने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस