भूकम्प पीडितले राहात पाए

चितवन । जिल्लाका २ हजार ४ सय ३५ जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।
पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार भूकम्प प्रभावितलाई रहात रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्लामा भूकम्पका कारण ७ हजार ३ सय ३४ घर पूर्ण रुपमा र आंशिक रुपमा ५ सय ९४ घर क्षति भएका थिए । भूकम्पका कारण क्षति भएका घर परिवारको राहतको रकम वितरणको काम भइरहेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

पूर्णक्षति भएका घरका लागि राज्यले तीन किस्तामा तीन लाख र आंशिक क्षति भएका घरका लागि दुई किस्तामा १ लाख दिने गरेको छ ।

पहिलो किस्ताबापतको रकम दसैँ अघि सबै भूकम्प प्रभावितलाई बुझाइसक्ने तयारी भएको उनले बताए । अधिकारी सुवेदीकाअनुसार अहिले ६ सय १ जनाको राहात वितरणका लागि अन्तिम प्रक्रियामा पुगेको छ ।

अन्य प्रभावितका लागि स्थानीय तहसँग समन्वय गरी सम्झौताको काम भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भूकम्पका कारण बढी प्रभावित भएको थियो । राहात रकम नपाउँदा भूकम्प प्रभावित अहिलेसम्म टहरामा रात बिताउन बाध्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...