सुनसरीका मृतक परिवारलाई राहत प्रदान

Rooom

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहतबापतको नगद दुई लाख उपलब्ध गराएको हो ।

सुनसरी प्रशासनले बाढीका कारण ज्यान गुमाउने इटहरीका आशादेवी राई, चन्दा तामाङ, सुनिता धिमाल, ईश्वर सुनुवारसहित बराह नगरपालिकाका मृतक मनु श्रेष्ठ र भोक्राहाका उपेन्द्र मण्डलको परिवारलाई राहतबापतको क्षतिपूर्ति रकम उपलब्ध गराएको हो ।

बाढीका कारण सुनसरीमा १२ जनाले ज्यान गुमाएका थिए । १२ जना ज्यान गुमाएकामध्ये अहिले छ जनालाई राहत रकम वितरण गरेको र बाँकी मृतकका परिवारलाई पनि रकम उपलब्ध गराइने प्रजिअ पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...