आकाशमुनि पढेका विद्यार्थीलाई सेनाले बनाइदियो भवन

School bt 7

रोल्पा। उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक द्यालयमध्ये एक हो ।

२०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, विद्यालय पुरानो भएपनि समस्यै समस्यामा जेलिएको थियो ।केही वर्ष पहिले थवाङमा नेपाली सेनाले गरेको स्वास्थ्य शिविर नै बन्यो थवाङ्गी जनता र नेपाली सेनाबीच नजिकिने माध्यम ।

कुराकानी हुँदा सेनाले थवाङ नमूना अभियानमा सहयोग गर्ने प्रतिबद्धता ग¥यो । शुरुवातमा विद्यालय भवन निर्माणमा सहयोग गर्ने सहमति पनि भयो ।नेपाली सेनाको खड्ग दल गणमार्फत सेनाको हेड क्वाटर, बाहिनी र पृतनामा समेत जानकारी दिएपछि तत्कालका लागि विद्यालय भवन निर्माण गर्ने प्रस्ताव स्वीकृत भएर आएको बताइएको छ ।

स्वीकृत प्रस्तावअनुसार नेपाली सेनाले करिब ९० दिनभित्र आफ्नै लगानीमा दुईकोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने थियो ।सेनालाई उक्त काम फलामको च्यूराझैँ थियो तर वर्षे झरी तथा टन्टलापुर घामको समेत पर्वाह नगरी एक टुकडी तीन महिनासम्म निरन्तर काममा व्यस्त रह्यो ।

विद्यालय भवन निर्माणमा अहोरात्र खटिएको सो टोलीले तीन महिनाभित्रै दुई तले पक्की भवन निर्माण गरी नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरणसमेत गर्न सफल रह्यो ।२०३८ सालमा तत्कालीन शासकले थवाङलाई घेराहाली शैन्य अपरेशन गरेका थिए । तिबेलादेखि थवाङवासी नेपाली सेनाबाट टाढिँदै गएका थिए ।

लामै समयसम्म थवाङवासी र सरकारी निकायको संवन्ध राम्रो हुन सकेन । सरकारले थवाङलाई आफ्नो नजिक ल्याउन निकै प्रयास पनि गरिरह्यो ।कहिले घुम्ती शिविरको नाममा त कहिले विभिन्न विकासका कार्यक्रम दिए पनि थवाङ आफ्नो अडानमा टसमस भएन ।नेपाली सेनाका उच्च पदस्थ कर्मचारी र थवाङको स्थानीय नेतृत्वबीच गाउँको विकासका लागि मिलेर जान लामै कुराकानी भएको बताइन्छ ।

थवाङवासी जनताको मागअनुसार वीर बलभद्र माध्यमिक विद्यालयको दुईतले पक्की भवन निर्माणमा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिनुभयो ।दुई तले पक्की भवन निर्माणका साथै विद्यालय हाताभित्र मोनोग्राम समेत निर्माण गरिएको छ । भवन निर्माणमा श्रमदानसमेत गरी करिब रु २२ लाख लगानी गरिएको शैन्य स्रोतले बताएको छ ।

ग्रीन अभियानअन्तर्गत नेपाली सेनाको सो टोलीले विद्यार्थी र शिक्षकसँगको सहकार्यमा विद्यालय हाताभित्र ५०० विभिन्न जातका बिरुवासमेत रोपेको थियो ।विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा सरकारबाट पूर्वाधार निर्माणको लागि आउने अनुदान नाममात्रको हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्तीले भन्नुभयो ।

कष्टकर अवस्थामा पठनपाठन भइरहेको विद्यालयमा नेपाली सेनाले कक्षा कोठा निर्माण गरिदिएर समस्या हल भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले जानकारी दिनुभयो ।सेनाको सहयोगका कारण कक्षा कोठा बाहिर बसेर पढ्न बाध्य विद्यार्थीले कक्षा कोठाभित्र बसेर पढ्न पाएका छन्, ओलीले भन्नुभयो ।

नेपाली सेनाको खड्ग दल गणले थवाङवासीको नमूना विद्यालय बनाउने अभियानमा सहयोग गर्न पाएकोमा गणपति अजय गुरुङले खुशी व्यक्त गर्नुभयो ।हाल सो विद्यालयले कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गरिरहेको छ । कक्षा ९ देखि प्राविधिक धारका विद्यार्थीलाई अंग्रेजी र साधारणतर्फ नेपाली माध्यमबाट पठनपाठन गरिरहेको विद्यालयले जनाएको छ ।

सात सयको हाराहारीमा विद्यार्थी संख्या रहेको विद्यालयमा निजी स्रोतबाट १२ जना शिक्षकको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ र १० मा बाली विज्ञान विषयको समेत पठनपाठन हुदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...