रेडिअन्ट र निम्स सेमिफाइनलमा

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र नितेन मेमोरियल स्कुल (निम्स) पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडिअन्टले द एक्सेल्सियर स्कुललाई ३०–२० ले पराजित ग¥यो । रेडिअन्टको जितमा राज न्यौपानेले १६ अंक योगदान गरे । जागु तामाङको २ अंक सहयोगमा निम्सले हर्टल्यान्डलाई ९–४ ले हरायो ।

जुनियर ब्वाइजमै ग्रिनफिल्ड र पुष्पसदन पनि सेमिफाइनलमा पुगे । ग्रिनफिल्डले इनोभेटिभ इङलिस स्कुलमाथि २५–१० को सहज जित दर्ता ग¥यो । विजेताका उमेश दाहालले १२ स्कोर गरे । पुष्पसदनले हिमालयन एकेडेमीको चुनौती २२–११ ले समाप्त पा¥यो । पुष्पसदनका रोजिन महर्जनले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा इनोभेटिभ र नालान्डाले क्वाटरफाइनल यात्रा तय गरे । इनोभेटिभले एपेक्स लाइफको यात्रा ४६–२५ ले समाप्त पा¥यो । महामञ्जुश्री विरुद्धको खेलमा नालान्डा ४०–३५ ले विजयी भयो । नालान्डाका हेमलाल श्रेष्ठले १८ अंक जोडे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...