नेपालगन्जमा तेत्तीस किलो चरेससहत चार जना पक्राउ

नेपालगन्ज । मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन् ।

यसैबीच, १२ बर्षिय एक नाबालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त बाँके खजुराका राजितराम राढ आज यहाँ पक्राउ परेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...