राष्ट्र हितको पक्षमा कुरा राख्न प्रधानमन्त्री देउवालाई, ओलीको सुझाव

काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

व्यवस्थापिका संसद्को आजको बैठकमा विशेष समय लिएर उनले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए।

नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ, भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिए।

इतिहासको कुनै कालखण्डमा गरिएको सन्धि वा सम्झौता आजको आवश्यकता र मुलुकको हित हुने गरी बनाउनुपर्ने बताउँदै सन् १९५० को सन्धि पुनरवलोकनको विषयलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने सुझाव दिए । “कूटनीतिक मर्यादा विपरीत सार्वभौम राष्ट्रले थिचोमिचोको महसूस गर्दछौँ भने हामीले छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्दछ,” उनले भने ।

ऊर्जा व्यापार सम्बन्धमा निश्चित प्रतिशत लगानी भएको मात्र किन्ने अरु नकिन्ने भन्ने भनाइ सार्वजनिक गरिएको छ, यो ठीक होइन भन्दै उनले भारतले जुन नीति सार्वजनिक गरेको छ त्यो नेपालको हितमा नरहेको र त्यसले ऊर्जा विकासमा योगदान नपु¥याउने बताए ।


“कतिपय सीमा विवादको बेला भन्न हच्किन्छौ, जायज कुरा गर्न हच्किनुपर्ने कुनै कारण छैन, कानूनी सहायताको नाममा एक देशको कानून व्यवसायी अर्को देशमा गएर बहस गर्ने काम हुँदैन, तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्न मिल्दैन । छिमेकीसँग सम्बन्ध बिग्रन्छ यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा कुरा राख्नुपर्छ”, ओलीले भने ।

सार्कले दक्षिण एसियाको विकासमा सकारात्मक योगदान गर्दै आएको बताउँदै अध्यक्ष मुलुकका हिसाबले यस क्षेत्रमा देखिएको चिसोपन र तनाव घटाउन हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

संविधान परिवर्तनीय दस्तावेज भएको र यो देश र जनताको, अग्रगमनका लागि संशोधन हुन गर्न सकिने बताउँदै उनले सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने थियो तर अनुपयुक्त ढंगबाट आएकाले अस्वीकृत भएको विचार व्यक्त गरे ।

भूकम्प गएको यति समय बित्दा समेत भूकम्प पीडित उस्तै समस्यामा रहेको बताउँदै उनले विपद् व्यवस्थापन सम्बन्धी ऐन छिट्टै सदनमा ल्याउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...