राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस् : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।

व्यवस्थापिका– संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर उनले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्ने कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए ।

उनले भने ‘मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ , जसबाट १ सय ४९ को ज्यान गइसकेकोछ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन्, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ, ’

नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिए ।

उनले इतिहासको कुनै कालखण्डमा गरिएको सन्धि वा सम्झौता आजको आवश्यकता र मुलुकको हित हुने गरी बनाउनुपर्ने बताउँदै सन् १९५० को सन्धि पुनरवलोकनको विषयलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने सुझाव दिए । ‘कूटनीतिक मर्यादा विपरीत सार्वभौम राष्ट्रले थिचोमिचोको महसूस गर्दछौँ भने हामीले छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्दछ ।,’ ।

ऊर्जा व्यापार सम्बन्धमा निश्चित प्रतिशत लगानी भएको मात्र किन्ने अरु नकिन्ने भन्ने भनाइ सार्वजनिक गरिएको छ, यो ठीक होइन भन्दै उनले भारतले जुन नीति सार्वजनिक गरेको छ त्यो नेपालको हितमा नरहेको र त्यसले ऊर्जा विकासमा योगदान नपु¥याउने बताए ।

‘कतिपय सीमा विवादको बेला भन्न हच्किन्छौ, जायज कुरा गर्न हच्किनुपर्ने कुनै कारण छैन, कानूनी सहायताको नाममा एक देशको कानून व्यवसायी अर्को देशमा गएर बहस गर्ने काम हुनहुँदैन, तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्न मिल्दैन । छिमेकीसँग सम्बन्ध बिग्रन्छ यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा कुरा राख्नुपर्छ’, ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...